खेलकूदमा केटाहरूलाई जत्तिकै अवसर केटीहरूलाई किन हुँदैन?

Aadhya Shrestha  | 

16-वर्ष उमेर पुगेकी नेपाली विद्यार्थी Aadhya Shreshta ले विद्यालयका खेलकूदहरूमा केटा र केटीहरूबीच हुने असमान व्यवहारबारे अन्वेषण गर्नुहुन्छ। (फोटो सौजन्य Aadhya Shreshta)

16-वर्ष उमेर पुगेकी नेपाली विद्यार्थी Aadhya Shreshta ले विद्यालयका खेलकूदहरूमा केटा र केटीहरूबीच हुने असमान व्यवहारबारे अन्वेषण गर्नुहुन्छ।

मेरो दाइले सानै उमेरमा ममा फुटबलप्रतिको माया जगाउनुभयो। उहाँले मलाई — खेलको अवधिभर बल ड्रिब्लिङ गर्ने देखि लिएर मेरो सहनशक्ति कायम राख्नेसम्मका सबै कुरा सिकाउनुभयो। म खेलको गहन सौन्दर्यताबाट मोहित भएकी थिएँ र यसले संसार नै आफ्नो साथमा भएको जस्तो महसुस गराउँथ्यो।

तर पनि, महिला फुटबल खेलाडी हुनु सधैँ त्यति सजिलो थिएन। यस क्षेत्रमा भएका मेरा अनुभवहरूले मलाई संसारले तपाईंलाई हेर्ने दृष्टिकोण र तपाईंले कुन-कुन अवसरहरूमा पहुँच गर्नुहुन्छ भन्ने कुरा तपाईंको लिङ्गले निर्धारण गर्दछ भन्ने महसुस गरायो।

मिडल स्कूलमा, मलाई मेरो नेपाली समुदायमा P.E. (शारीरिक शिक्षा) मात्र एक स्थान थियो जहाँ म जस्तै केटीहरूका लागि फुटबल खेल्न “सामान्य” मानिन्थ्यो भन्ने कुराको महसुस भयो। परिणाम स्वरूप, उल्लेखनीय रूपमा केही केटीहरू पनि खेलकूदमा सहभागी भएका थिए। केटाहरूसँग खेल्नका लागि विभिन्न विद्यालयका टोलीहरू थिए, तर केटीहरूसँग कुनै थिएन। मैले मेरो विद्यालयको तर्फबाट खेल्न नपाउँदा कत्तिको दु:ख महसुस गरेकी थिए भन्ने कुरा मलाई याद छ। स्वाभाविक रूपमा, मलाई ईर्ष्या लाग्थ्यो तर मैले केही पनि गर्न सक्दिनथें। उक्त समयपछि, फुटबल खेल्ने केटीहरूको सङ्ख्या धेरै कम भइसकेको थियो।

मिडल स्कूलमा, मलाई मेरो नेपाली समुदायमा P.E. (शारीरिक शिक्षा) मात्र एक स्थान थियो जहाँ म जस्तै केटीहरूका लागि फुटबल खेल्न “सामान्य” मानिन्थ्यो भन्ने कुराको महसुस भयो।
— Aadhya Shreshta

बढ्दो समस्या

विश्वभरि, विशेषगरी नेपाल जस्ता कम-आम्दानी भएका देशहरूमा पुरुषहरूको तुलनामा उच्च विद्यालयका खेलाडी महिलाहरू उल्लेखनीय रूपमा कम छन्। खेलकूदमा लैङ्गिक असमानताको उदाहरण USWNT (संयुक्त राज्य अमेरिका महिला राष्ट्रिय टोली) बाट लिन सकिन्छ, जसले पुरुष टोलीको तुलनामा संयुक्त राज्यको फुटबलमा बढी राजस्व ल्याउने भए तापनि लगभग 38% कमभुक्तान गरेको थियो।

तर यो समान भुक्तानीबाट अन्त्य हुँदैन। हाई स्कूल, कलेज वा अन्तराष्ट्रिय खेलकूद कार्यक्रमहरूमा महिलालाई उनीहरूका पुरुष समकक्षहरूलाई जत्तिकै समान अवसरहरू छैनन्। कुनै पनि पुरुषले केटीहरूसँग खेलको गतिमा तुरुन्तै समायोजन गर्न सक्छ तर महिलाहरूले पुरुषहरूसँग खेलको गतिमा समायोजन गर्न सक्दैनन्। मिश्रित-लिङ्ग खेलकूद खेलमा नेतृत्वको भूमिकामा महिलालाई देख्नु एकदमै दुर्लभ छ। यो प्रवृत्ति केटीहरूका लागि धेरै अवसरहरू नहुने भएकाले, उनीहरूलाई खेलाडीको रूपमा करियर बनाउनबाट निरुत्साहित गर्ने पितृसत्तामा निहित छ।

महिला खेलकूद टोलीहरूलाई विसंगत रूपमा वित्त व्यवस्था गरिने अर्को कारण भनेको लोकप्रियताको कारण हो। पुरुषको हाइ स्कूल खेलकूदहरूका खेलहरूमा सेलिब्रेटी र सार्वजनिक हस्तिहरूसहित सामान्यतया हजारौँ मानिसहरू उपस्थित हुन्छन् भने महिला टोलीहरूले आफ्नै विद्यालयहरूका विद्यार्थीहरूलाई उपस्थित गराउन पनि संघर्ष गरिरहेका हुन्छन् र खेलकूदहरूमा सहभागी हुने केटीहरूले धम्की र सामाजिक एक्लोपनको अनुभव गर्न सक्छन्

(फोटो सौजन्य Aadhya Shreshta)

केटीहरूका लागि खेलकूदका लाभहरू

क्षेत्रमा भएका यी असमानताहरूले केटिहरूलाई आफ्ना अधिकारहरूप्रति वञ्चित गराउने मात्र नभई विश्वभरका केटिहरूको मानसिक स्वास्थ्यमा नकारात्मक प्रभाव पनि पार्दछन्।

सकारात्मक रूपमा खेलकूदहरू खेल्नाले केटिहरूको जीवनका हरेक पक्षलाई बढाउँछ। बाल्यावस्थाका अन्य कुनै पनि अनुभवभन्दा धेरै खेलकूदहरूले तपाईंले केही खेलमा जित्नुहुन्छ र केही खेलमा हार्नुहुन्छ भन्ने कुरा स्पष्ट रूपमा प्रदर्शन गर्दछन्। लडेपछि उठ्न सक्ने क्षमता खेलमा समाहित गरिएको छ। प्रत्येक खेलले तपाईंलाई अमूल्य खेलाडी भावको पाठ सिकाउँछ।

साथै, अध्ययनहरूले 4.0 वा सोभन्दा बढी GPA प्राप्त गर्ने र खेलकूद टोलीहरूमा खेल्ने 61% केटिहरूमध्ये थप सम्भवत: आफ्नो सपनाको करियरतर्फ लाग्ने 14% हुन्छन् भनी देखाउँछन्। खेलकूदको मानसिकताले केटिहरूलाई आफूलाई इच्छा लागेका कुनै पनि कुराहरूतर्फ लाग्नका लागि आवश्यक पर्ने आचरणमा प्रस्तुत हुने क्षमताको विकास गराउँछ। अनुसन्धानलेखेलकूद खेल्ने केटिहरूमा उच्च स्तरको आत्मविश्वास र आत्म सम्मान र न्यून स्तरको डिप्रेसन हुन्छ भनी देखाउँछ। यी क्रियाकलापहरूमा सहभागी सहभागी हुनाले र सहायता गर्नाले केटिहरूलाई आफ्ना सीमाहरू पत्ता लगाउनमा अवसरहरू प्रदान गर्न सक्छ, जसले उनीहरूलाई उनीहरू वास्तवमा के कुरामा सक्षम छन् भनी पत्ता लगाउन मद्दत गर्दछ।

यसपछि के हुन्छ

म मेरो विद्यालयका लागि फुटबल खेल्न सक्षम हुने छैन भन्ने कुरा मैले थाहा पाउँदा गाह्रो भएको थियो। उनीहरूले मैले एकदमै मनपराउने कुरामा केही गर्ने मेरो क्षमतालाई अस्वीकार गरिरहेका थिए किनभने यो केटाहरूका खेलकूदहरू जति लोकप्रिय थिएन। फुटबलले मलाई मेरा एकदमै कठिन पलहरूमा पनि प्रतिबिम्बित गर्ने स्थान प्रदान गर्‍यो। खेलकूदहरू मेरो जीवनका एकदमै महत्त्वपूर्ण पक्षहरू मध्ये एक बनेको छ। म यसलाई छोड्नका लागि अझै तयार थिएन। भाग्यवश, म निरन्तर खेल्न सक्षम थिए। जब म माथिका ग्रेडहरूमा गए र हाइ स्कूलमा प्रवेश गरें, मेरो हाइ स्कूलमा टोली थियो। म मेरो विद्यालय टोलीको सबैभन्दा सानो सदस्य भए। हामी विभिन्न क्षेत्रीय प्रतिस्पर्धाहरूमा सहभागी भयौं र केही जित्यौं पनि।

हरेक ठाउँका नेतृत्वकर्ता र विद्यालयहरूले सुविधास्थल, प्रशिक्षकहरू वा अन्य सहायता भए तापनि सबै टोलीहरूलाई समान वित्त व्यवस्था र अवसरहरू उपलब्ध गराएर संसारभरिका केटीहरूका लागि खेलकूदहरूमा समावेशीतालाई प्रवर्द्धन गर्नुपर्छ। साना उमेरमा खेलकूदहरूमा अनावृत गर्नाले भावी पुस्ताहरूका लागि उनीहरूको लोकप्रियता बढाउनमा मद्दत गर्न सक्छ। मेरो सबैभन्दा ठूलो आशा भनेको युवालाई उनीहरूको लिङ्गको वावजुद सबै प्रकारका खेलकूदहरूसँग परिचित गराइने छ भन्ने हो। र केटीहरूलाई सधैं आफ्ना तृष्णाहरू पछ्याउन प्रोत्साहन गरिने छ।

flower.png
Meet the Author
Meet the Author
Aadhya Shrestha

(she/her) is a 16-year-old student from Nepal. She loves writing, sports and has an interest in economics and entrepreneurship. You can follow her on Instagram.